अपर हेवाखोला हाइड्रोपावरको ५ लाख कित्ता आइपिओ जेठ १० गतेदेखि आउँदै

डिसी नेपाल
२८ वैशाख २०७९ ९:३८

काठमाडौँ। अपर हेवाखोला हाइड्रोपावर कम्पनीले ५ लाख कित्ता आइपिओ जेठ १० गतेदेखि जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

यस आइपिओमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ। यस आइपिओमा आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

यस आइपिओमा लगानीकर्ताले जेठ २४ गतेसम्म आवेदन दिन पाउनेछन्। तोकिएको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा आवेदन दिने म्याद असार ८ गतेसम्म लम्बिनेछ । इक्रा नेपालले अपर हेवाखोलाको आइपीओलाई ‘कियर एनपी डबल बी आइएस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

लगानीकर्ताले यस आइपीओमा एनएमबि क्यापिटल नागपोखरी काठमाडौं, अपर हेवाखोला कम्पनी अनामनगर, काठमाडौंबाट आवेदन दिन सकिन्छ। साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *