सूर्योदय वोमी लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

डिसी नेपाल
२८ वैशाख २०७९ १०:१७

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । सूर्योदय वोमी लघुवित्तको ७९ लाख १९ हजार ८४८ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो।

साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त आपसमा मर्ज भएर बनेको एकीकृत संस्था सूर्योदय वोमी लघुवित्तको नाममा उक्त सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमा सूर्योदय लघुवित्तको २९ लाख ७६ हजार ५१६ कित्ता र वोमी लघुवित्तको ४९ लाख ४३ हजार ३३३ कित्ता छन् ।

एकीकृत संस्था सूर्योदय वोमी लघुवित्तको सेयर सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिङ रेञ्ज पनि निर्धारण गरिएको छ। कम्पनीकाे सेयर कारोबारका लागि प्रतिकित्ता १३७३.४० रुपैयाँको रेन्ज तोकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *