दुई दिनमा १ हजार ७ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार रुपैयाँले घटेर प्रति तोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९६ हजार ५ सय रुपैयाँ निर्धारण गरिएकाे छ।
यता, चाँदी प्रति तोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला ३० रुपैयाँले घटेको हो। मंगलबार प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया
Facebook Comment