नेप्सेमा ५६ अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो
काठमाडौं। साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजारमा हरियाली छाएको छ। बुधबार नेप्से परिसूचक ५६.०६ अङ्कले बढेर २ हजार ३६९.०६ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब १६ करोड ३९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ। यस कम्पनीको १० करोड ५९ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ सय ४० रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : न्याग्डी ग्रुप पावर र राधी बिद्युत कम्पनीको कारोबार भएको छ।
बुधबारको कारोबारमा १३ वटै उपसूचक बढेको छ। आज नेप्सेमा नेसनल हाइड्रोपावर र नेपाल फाइनान्सका लगानीकर्ताले अधिक कमाएका छन् भने सानिमा ऋणपत्र र सानिमा इक्युती फण्डका लगानीकर्ताले अधिक गुमाएका छन्।
Facebook Comment