सेयर बजारमा छायो हरियाली, यी कम्पनीका लगानीकर्ताले कमाए अत्याधिक मुनाफा

डिसी नेपाल
२८ वैशाख २०७९ १५:५७

काठमाडौं। साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजारमा हरियाली छाएको छ। बुधबार नेप्से परिसूचक ५६.०६ अङ्कले बढेर २ हजार ३६९.०६ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको कारोबारमा १० कम्पनीको सेयर भाउ अत्याधिक बढेको छ । सेयर भाउ बढ्नेमा  नेसनल हाइड्रोपावर कम्पनी, नेपाल फाइनान्स, सीइनर्जी पावर डेभलपमेन्ट, राधी विद्युत कम्पनी,  युनिभर्सल पावर र जल्पा सामुदायिक लघुवित्तको सेयर भाउ १० प्रतिशतले वृद्धि भएको छ।

यस्तैगरी, गणपति लघुवित्त वित्तीय संस्था र युनियन हाइड्रोपावरको ९.९९ प्रतिशत, बरुण हाइड्रोपावर कम्पनीको ९.९८ प्रतिशत र फोवार्ड माइक्रोफाइनान्स लघुवित्तको ९.६१ प्रतिशत सेयर भाउ वृद्धि भएको छ।  यी कम्पनीका लगानीकर्ताले अधिक आम्दानी गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *