अष्ट्रेलियामा बुद्ध जन्मस्थलसम्बन्धि दिग्भ्रम सच्याउने निर्देशक इयान ग्रिन सम्मानित

डिसी नेपाल
२८ वैशाख २०७९ २२:३५

अष्ट्रेलिया । अष्ट्रेलियाको बेन्डिगोमा निर्माणाधिन विश्वकै ठूलो बौद्ध स्तुपामा बुद्ध भारतमा जन्मिएको भनी उल्लेख गरिएको गलत सन्देश हटाइएको छ । लुम्बिनि -कपिलबस्तु विश्वब्यापी अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको आग्रहमा उक्त गलत संदेश सच्याइएको हो ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यको बेन्डिगो शहरमा २६४६ बौद्ध जयन्तीको अबसरमा आफ्नी दिवंगत छोरीको सम्झनामा उमेश श्रेष्ठ र जेस्मिन श्रेष्ठद्धारा दिप प्रज्वलन गरि विश्व शान्तीको कामना गर्ने कार्यक्रममा सो बौद्ध स्तुपामा रहेको गलत सन्देश हटाएकोमा स्तुपाका निर्देशक इयान ग्रिनलाई खादा र  प्रमाणपत्रसहित  सम्मान गरिएको छ ।

निर्माण प्रक्रिया चलिरहेको सो स्तुपामा साढे दुई मिटर अग्लो विश्वकै ठूलो रत्नसहित बुद्धको मुर्ती राखिएको छ । निर्माण कार्य सम्पन्न भइसकेपछि पश्चिमकै सबैभन्दा ठूलो बुद्ध स्मारक हुने अपेक्षा गरिएको छ । निर्माण कार्य चलिरहेको समयमा समेत दैनिक जसो सातसयको हाराहारीमा दर्र्शनाभिलाषीहरु सो बौद्ध स्तुपामा आउने गरेका छन् ।स्तुपा परिसरमा गणेशको मन्दिरको समेत निर्माण भएकाले अब बेन्डिगोबाट हिन्दु मन्दिरको लागि मेलबर्न जाने समस्या हट्ने भएको छ ।

सो कार्यक्रममा प्रो एलिजावेथ ह्यारिस, पा्रे जियाफी्र हन्ट, डा.पौल इनग्राम,डा.महिन्द्रा डिगाले,डा.किशोर बैद्य र प्रो हिसाओ इनागाकीद्धारा संयुक्तरुपमा लिखित जिज्ञासुका लागि बौद्ध अध्ययनः किन बौद्ध अध्ययन अध्ययन गर्ने(buddhist studies for the curious ःwhy study buddhist studies ) नामक पुस्तक समेत बिमोचन गरिएको थियो ।

प्रियंका प्रधानले सन्चालन गरेको कार्यक्रममा टाढाबाट आएका असी जना बिदेशीसहितका सहभागीता रहेकाे थियाे ।  कार्यक्रममा उपस्थित सबैले दिलमाया श्रेष्ठ(कान्छी)काे हातबाट टिका ग्रहण गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *