बिहिबार पनि घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२९ वैशाख २०७९ ८:५६

काठमाडौं। बिहिबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ २९ पैसा र बिक्री दर १२३ रुपैयाँ ८९ पैसा कायम गरेको छ। बुधबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ४४ पैसा र बिक्री दर १२४ रुपैयाँ ०४ पैसाकायम रहेको थियो।

युरोपियन यूरो एकको खरिद दर १३० रुपैयाँ १७ पैसा र बिक्री दर १३० रुपैयाँ ८० पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ४९ पैसा र बिक्री दर १५३ रुपैयाँ २३ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२४ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्री दर १२५ रुपैयाँ २९ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३५ पैसा र बिक्री दर ८६ रुपैयाँ ७७ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ५३ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ५० पैसा र बिक्री दर ९ रुपैयाँ ५४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३४ पैसा र बिक्री दर १८ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ८७ पैसा र बिक्री दर ३३ रुपैयाँ ०३ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ७६ पैसा र बिक्री दर ३३ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६८ पैसा र बिक्री दर ९ रुपैयाँ ७३ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *