नेसनल माइक्रोफाइनान्सको ७९ हजार ८७३ कित्ता संस्थापक सेयर लिलामीमा

डिसी नेपाल
२९ वैशाख २०७९ १३:१७

काठमाडौं। नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले ७९ हजार ८७३ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।लगानीकर्ताले न्यूनतम १ हजार रूपैयाँलाई आधार मानेर सोभन्दा बढी भाउमा बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् । सेयर खरिद आवेदनका लागि अन्तिम म्याद असार १ गतेसम्म तोकिएको छ ।

यस लिलामी सेयरमा बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदकले बिक्री प्रबन्धक एनआईबीएल एस लाजिम्पाट, काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *