१८.६४ अङ्कले घट्यो नेप्से, परिसूचक २३५०.४२ विन्दुमा

काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेर बन्द भएको छ। एक साता लगातार बढी रहेको नेप्से परिसूचक १८.६४ अङ्कले घटेर बन्द भएको हो। नेप्से घटेसँगै परिसूचक २ हजार ३५०.४२ विन्दुमा रोकिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२८ कम्पनीको ५२ लाख २७ हजार ३५९ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ३२ करोड ८४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा शिभम सिमेन्ट अग्रस्थानमा रहेको छ। यस कम्पनीको १० करोड ५९ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ सय ४० रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : राधी बिद्युत कम्पनी र अरुण भ्याली हाइड्रोपावरको कारोबार भएको छ।
बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये उत्पादन तथा प्रसोधन उपसुचक र अन्य उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा जल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्बाधिक कमाएका छन्। जल्पा सामुदायिक लघुवित्तको सेयर भाउ १० प्रतिशतले वृद्धि भएको छ। यस्तै, सुर्योदय वोमी लघुवित्तका लगानीकर्ताले अधिक गुमाएका छन्।
Facebook Comment
ताजा भिडियो
धेरै पढिएको
- हप्ता
- महिना