हुम्लाको चंखेलीमा झडप, ८ राउण्ड अश्रुग्यास प्रहार
हुम्ला। हुम्लाको चंखेली गाउँपालिकाकाे एउटा मतदान केन्द्रमा झडप भएको छ। चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन दल र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप हुँदा मतदान अधिकृत घाइते भएका छन्।
झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत, र अर्का स्थानीय घाइते भएकाे प्रहरीले जनाएकाे छ। झडपलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ८ राउन्ड अश्रुग्यास प्रहार गरेकाे प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन्। अहिले मतदान केही समयका लागि स्थगित गरिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment