बन्दीपुर गाउँपालिकामा माओवादीको अग्रता

डिसी नेपाल
३१ वैशाख २०७९ १२:३३
1.1k
Shares

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिकामा माओवादी केन्द्र अगाडि देखिएको छ। स्थानीय तह निर्वाचनमा बन्दीपुर माओवादीले तनहुँमा अध्यक्ष र उपाध्यक्ष दुवै जितेको एक मात्र पालिका हो । यसपटक यहाँ माओवादीको अध्यक्ष र उपाध्यक्षका उम्मेद्वार पुरानै दोहोरिएका छन्।

वडा नम्बर १ र ४ को एक हजार २०० मतगणना हुदाँसम्म अध्यक्ष र उपाध्यक्षमा माओवादीको अग्रता छ। माओवादीबाट अध्यक्षका उम्मेद्वार पुर्णसिं थापाले ४१५ र उपाध्यक्ष करुण गुरुङले ३८३ मत पाएकी छन्।

नेकपा एमालेका अध्यक्षका उम्मेद्वार सुरेन्द्रबहादुर थापाले ३५० मत पाएका छन्। यहाँ एमालेले कांग्रेसबाट कारबाहीमा परेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूहसँग तालमेल गरेका छन् । जोशी समूहबाट उपाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएकी केशमाया गुरुङले १८४ मत पाएकी छन्।

नेपाली कांग्रेसका अध्यक्षका उम्मेद्वार धुर्वलाल प्रधानले ३२४ र उपाध्यक्षकी उम्मेद्वार पञ्चमाया गुरुङले ३८२ मत पाएकी छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.