दैलेखको महावु गाउँपालिका- १ एमालेको प्यानल नै विजय

डिसी नेपाल
३१ वैशाख २०७९ १२:५९
140
Shares

सुर्खेत। दैलेखका महावु गाउँपालिका वडा नम्बर १ मा एमालेका सर्वराज सार्की विजयी भएका छन्। उनले ६९२ मत ल्याएर विजयी भएका हुन्।

वडाध्यक्ष पदका उम्मेद्वार नेपाली कांग्रेसका सूर्यराम सावदले ६३६, नेकपा माओवादी केन्द्रका दलबहादुर सुनारले ४४ र राप्रपाका गगनबहादुर थापाले ११ मत ल्याएर पराजित भएका छन्।

खुला वडासदस्यमा एमालेका जयबहादुर गुरुङले ७२३, बलबहादुर बयकले ७०९ मत ल्याएर विजयी भएका छन्। यस्तै, महिला सदस्यमा एमालेका सरस्वती रोकाय ७२५ र दलित महिला सदस्यमा एमालेकै हरिकला सुनारले ७१४ मत ल्याएर विजयी भएका छन्।

गाउँपालिका अध्यक्ष पदमा भने नेकपा एमालेले अग्रता लिएको छ। एमालेले ७३०, कांग्रेसले ३५३ मत ल्याएको छ। उपाध्यक्षमा एमाले ७०४ र कांग्रेस ५७६ मत ल्याएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.