सिभिल बैंकको नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति व्याज ?

डिसी नेपाल
१ जेठ २०७९ ९:०९

काठमाडौँ। सिभिल बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले जेठ १ गतेबाट लागू हुने गरि नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार २३ वटा बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ९.०३ प्रतिशतसम्म ब्याज दिनेछ । त्यस्तै, बैंकको मुद्दति निक्षेपको ब्याजमा व्यक्तिगतलाई ९.०३ देखि १२.०३ प्रतिशत,संस्थागतलाई १०.०३ प्रतिशतसम्म तोकिएको छ । बैंकले बैदेशिक खातामा न्युनतम २.०१ प्रतिशतदेखि अधिकतम ४.१६ प्रतिशत ब्याज दिने भएको छ।

बैंकले ब्याजको आधारदर १०.२४ प्रतिशत कायम गरेको छ । ऋण लिनेले आधारदरमा ८ प्रतिशत सम्म थप गरेर ब्याज तिर्नु पर्नेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *