शिवनाथ गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

डिसी नेपाल
१ जेठ २०७९ २३:४१

बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रसका कर्णसिंह साउद र उपाध्यक्षमा नेकपा(एमाले)का सकुन्तला साउद विजयी भएका छन् ।

अध्यक्षमा कर्णले ३ हजार १ सय ६५ मत ल्याइ विजयी हुदाँ उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हजारी साउदले २हजार ८सय ४९ मत ल्याएका छन् ।

उपाध्यक्षमा एमालेका सकुन्तला साउदले २हजार ८सय १७ मत ल्याइ विजयी हुदाँ उनका निकटतम् प्रतिद्वन्द्वी नरेन्द्र सिंह साउदले २हजार ६सय ७९ मत ल्याएका छन् ।

६ वडा रहेको शिवनाथको ३ वडामा नेकपा(माओवादी केन्द्र)ले विजय हासिल गरेको छ भने, २ वडामा कांग्रेस र १ मा एमाले विजय भएको छ ।

शिवनाथ गाउँपालिकाको वडा न. १ वडा न. ३ र वडा न. ५ मा नेपाली कांग्रेस विजयी भएको छ भने, वडा न.२, वडा न. ४ मा नेकपा एमाले विजय भएको छ । वडा न.१ को अध्यक्षमा कांग्रेसका बल्देव सिंह चाड विजयी हुदाँ वडा न.२ को अध्यक्षमा एमालेका सुरेन्द्र सिंह साउद विजयी भएका छन् । यसैगरी वडा न. ३ मा कांग्रेसका केशव कलौनी विजयी हुदाँ वडा न. ४ मा एमालेका धन बहादुर महता विजयी भएकाछन् । वडा न.५मा कांग्रेसकै केशव चन्द विजयी भएका छन् । वडा न. ६मा नेकपा(माओवादी केन्द्र)का भरत पार्की विजयी भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *