फक्ताङलुङमा माओवादी र ऐसेलुखर्कमा एमाले विजयी

डिसी नेपाल
२ जेठ २०७९ ६:५२
156
Shares

ताप्लेजुङ। ताप्लेजनुङका दुई वटा गाउँपालिकाकाे नतिजा सार्वजनिक भएकाे छ। फक्ताङलुङ गाउँपालिकामा माओवादी केन्द्र र ऐसेलुखर्क गाउँपालिकामा एमाले विजयी भएकाे हाे।

फक्ताङलुङ गाउँपालिका : अध्यक्षमा माओवादी केन्द्रबाट राजन लिम्बू ‘मुक्ति’ विजयी भएका छन्। बिहान सम्पन्न मतगणना अनुसार लिम्बू २ हजार ६६० मत ल्याएर विजयी भएका हुन्।

उनी निकटतम प्रतिद्वन्द्वी एमालेका सरोज लिम्बूलाई ३४८ मतान्तरले पछि पार्दै अध्यक्ष बनेका हुन्। पराजित सरोजले २ हजार ३१२ मत पाएकाे निर्वाचन अधिकृतको कार्यालय तापेथोकले जनाएको छ।

उपाध्यक्षमा २ हजार ३५८ मत ल्याउँदै कांग्रेसका सबिन साम्रा लिम्बु निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी एमालेका शान्ति माया लिम्बू पौडेलले २ हजार २१२ मत ल्याइन्।

ऐसेलुखर्क गाउँपालिका :  ऐसेलुखर्क गाउँपालिकामा गिरेन्द्रबहादुर राई अध्यक्षमा विजयी भएका छन् । गठबन्धनबाट उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार श्रीबहादुर राईलाई पछि पार्दै गिरेन्द्र गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । उपाध्यक्षमा गठबन्धनकातर्फबाट उठेका कांग्रेसका राजेश राजभण्डारी विजयी भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.