ओलीको वडामा कांग्रेसको प्यानल नै विजयी

डिसी नेपाल
२ जेठ २०७९ ७:१८
2.0k
Shares

भक्तपुर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटमा कांग्रेसले एमालेका उम्मेदवारलाई पराजित गरेको हो।

कांग्रेसका प्रदीप कार्की १ हजार ५११ मत प्राप्त गर्दै विजयी भए। उनको निकटतम प्रतिस्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरे।

खुला सदस्यमा कांग्रेसका जर्नादन खड्काले १ हजार ४७६ र भगत रानाले १ हजार ४२४ ल्याई विजयी भएका छन्। महिला सदस्यमा कांग्रेसकै कल्पना खतिवडा ‘दाहाल’ ले १ हजार ५२१ र दलित महिला सदस्यमा कांग्रेसकै रन्जीता तिखत्रीले १ सय ५१७ मत ल्याई विजयी भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.