डोटीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

डिसी नेपाल
६ जेठ २०७९ २२:४०

दिपायल । डोटीको दिपायल सिलगढी नगरपालिकाभित्र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने भएको छ । नगरप्रमुख बाजी खड्काको अध्यक्षतामा आज नगरकार्यपालिकाको कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधिहरुको बसेको पहिलो बैठकबाट दिपायल सिलगढी नगरपालिकाभित्र सुत्केरीलाई एम्बुलेन्स सेवा निःशुल्क दिने निर्णय गरिएको छ ।

सुत्केरी हुने वा भएका महिलालाई नगरपालिकाको एम्बुलेन्समार्फत जिल्लाबाहिर लैजानुपरेमा ५०५ छुट दिने तथा नगरपालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । नगरपालिकाभित्र सबैलाई उचित पर्ने स्थानमा खैलमैदान निर्माण गर्ने नगरपालिकाको पहिलो बैठकले निर्णय गरेको नगरप्रमुख खड्काले जानकारी दिए । नवनिर्वाचित जनप्रतिनिधिले आज आफ्नो पदभारण ग्रहण गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *