‘तिम्रै नाम होस्’ म्युजिक भिडियो सार्वजनिक

डिसी नेपाल
८ जेठ २०७९ १२:४३
92
Shares

काठमाडौँ। अमेरिकाको ओहायो शहर निवासी गीतकार गोपाल लोहारले नयाँ साङ्गीतिक सौगात ‘तिम्रै नाम होस्’ सार्वजनिक गरेका छन्। यस गीतलाई वरिष्ठ सङ्गीतकार वसन्त सापकोटाले सङ्गीतबद्ध गरेका हुन्। गीतलाई सञ्जीव बराइलीले सङ्गीत संयोजन गरेका हुन्।

गीतमा लोकप्रिय गायक राजेश पायल राई र चर्चित गायिका अस्मिता अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । म्युजिक भिडियोमा गायक राई र नायिका केकी अधिकारीको अभिनय रहेको छ । सुदीप बरालले छायाङ्कन गरेको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्।

‘फूल सरी फुले पनि हो, काँडा सरी बिझे पनि हो, जिन्दगी यो मेरो तिम्रै लागि हो’, ‘यो मायाले ढाके पनि हो, पिरती यो मेरो तिम्रै लागि हो’, ‘तिमी मेरो सपना हौँ, तिमी मेरो चाहना हौँ’, ‘तिमी मेरो आँखामा छौँ, जिन्दगी यो मेरो तिम्रै नाम होस्’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

भीमा लोहार निर्मात्री रहेको भिडियोलाई कविराज गहतराजको निर्देशनमा तयार पारिएको हो । गोलो प्रोडक्शनको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । यसअघि गीतकार लोहारको शब्दमा समावेश ‘किन मायामा’, ‘एकै छिन’, ‘राधा पियारी’ लगायत दर्जनौँ म्युजिक भिडियो साङ्गीतिक बजारमा सार्वजनिक भइसकेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *