डोटीको तेल्परामा जिप दुर्घटना, १५ जना घाइते

डिसी नेपाल
१३ जेठ २०७९ १३:२०
44
Shares

डोटी। डोटीको सायल गाउँपालिका–१ तेल्परामा आज बिहान जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। सायलबाट दिपायलतर्फ जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१ ००१ ज १३३४ नम्बरको जिप बिहान साढे १० बजे अनियन्त्रित भइ दुर्घटना भएको हो।

घाइते भएका सबैलाई उपचारको लागि स्थानीय अस्पताल पठाइएको छ। घाइतेमध्ये कञ्चनपुरको शुक्लाफाटा नगरपालिका बस्ने ५० वर्षीया धारु सुनारको अवस्था गम्भीर रहेको छ।

जिप चालकलाई इलाका प्रहरी कार्यालय आदर्शले नियन्त्रणमा लिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *