दुई बर्षपछि ९ हजार नेपाली कोरिया जाँदै, जेठ २६ बाट परीक्षा सुरु हुने

डिसी नेपाल
१४ जेठ २०७९ ७:३५

काठमाडौं। दुई बर्षदेखि स्थगित भएको कोरियन भाषाको परिक्षा १९ जेठ देखि-३ असारमासम्म सञ्चालन हुने भएको छ।

स्थानीय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परीक्षा जेठ २६ गतेवाट सुचारु गर्न लागिएको हो। २६ बैशाख २६ गते सञ्चालन हुने गरी यस अघि मिति तोकिएका भएपनि स्थानीय तह निर्वाचनक कारण स्थगित भएको परिक्षा तीन सिफ्टमा सञ्चालन हुनेछन्।

बैदेशिक रोजगार बिभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परीक्षार्थीलाई परीक्षा दिन मिल्ने गरी बिभागले तयारी गरिरहेको छ। कोरियन भाषा परीक्षामा उर्तिणहरु मध्ये ६ हजार ९ सय ९३ उत्पादनमुलक क्षेत्रमा र २ हजार ७ सय ४१ गरी ९ हजार ५ सय १३ नेपालीहरुलाई यसै बर्ष दक्षिण कोरिया पठाउने गरी परिक्षा लिन लागिएको हो।

बैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण कोरियामा जानका लागि ४३ हजार भन्दा बढीले आवेदन दिएको बिभागले जनाएको छ। हालसम्म ७७ हजार नेपालीले कोरियामा रोजगार प्राप्त गरिसकेका छन भने पछिल्ला दुई बर्षमा विश्वब्यापारी महामारी कोरोना संक्रमणका कारण परिक्षा हुन नसके पनि सन २०२२ मा भने नेपालीलाई लान कोरिया मञ्जुर देखिए पछि परीक्षा सुरु गर्न लागिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *