सरकारले आगामी बर्ष सुरक्षाकर्मीको नयाँ भर्ना नगर्ने

डिसी नेपाल
१५ जेठ २०७९ २०:११
1.9k
Shares

काठमाडौं । सरकारले सुरक्षाकर्मीको जनशक्तिमा नयाँ भर्ना नगर्ने भएको छ । सशस्त्र प्रहरी बलले नयाँ जनशक्ति माग गरिरहेका बेला सरकारले बजेट भाषण मार्फत नयाँ भर्ना नगर्ने जनाएको हो ।

नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरीले जनशक्ति अभाव रहेको भन्दै नयाँ भर्नाका लागि दरबन्दी थप गर्न माग गरिरहेका छन् । तर सरकारले बजेट भाषण मार्फत क्षमता विकासका लागि बजेट विनियोजन गरेको छ ।

शान्ति सुरक्षा प्रत्याभूति, सीमा क्षेत्रमा हुने अपराध, साइबर अपराध नियन्त्रणमा कानुनी र संस्थागत सुधारका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । सुरक्षा निकायको जनशक्ति क्षमता अभिवृद्धि, अनुसन्धान प्रभावकारी बनाउन बजेट व्यवस्था गरिएको उनले बताएका थिए ।

त्यस्तै अध्यागमन कार्यालय अन्तर्राष्ट्रिय स्तरको बनाउने, कार्यालय स्तरोन्नति गर्ने पनि बजेटमा उल्लेख छ । सेनाको क्षमता विकास गर्न, लजिस्टिक व्यवस्थापन, बंकरदेखि ब्यारेकसम्मका लागि बजेट विनियोजन गरिएको पनि अर्थमन्त्री शर्माले बजेट भाषणमा उल्लेख गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.