घटनास्थल पुगेका शेरचन भन्छन्-शव चिनिने अवस्थामा छैनन्

डिसी नेपाल
१६ जेठ २०७९ ८:३२
7.0k
Shares

पोखरा। आइतबार विहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ। मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ।

उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन्। ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,’ उनलेभने, ‘यहाँको अवस्था भयावह छ। म हेरेर बसिरहेको छु।’

उनी राती नै त्यसतर्फ गएका हुन्। जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.