ब्ल्याक एन्ड ह्वाइट रफल ड्रेसमा प्रियंका चोपडाको ग्ल्यामरस लुक, ९ तस्वीरहरू

डिसी नेपाल
२५ जेठ २०७९ १५:०३

काठमाडौं । प्रियंकाले आफ्नो दमदार अभिनयले संसारभरका फ्यानलाई खुसि बनाएकी छिन् र अहिले नायिकाको सुपर गर्जियस लुक्सले मानिसलाई घायल बनाएको छ । चम्किलो पोशाकमा प्रियंकाको ग्ल्यामरस लुकले १ दिनअघि फ्यानहरूलाई मोहित बनाएको थियो र अब अभिनेत्रीको अर्को गजबको लुक बाहिर आएको छ।

प्रियंका चोपडाको नयाँ लुकको जति तारिफ गरे पनि कम हुनेछ । नायिकाको नयाँ लुकबाट आँखा हटाउन साँच्चै गाह्रो छ। पेरिसबाट बाहिरिएका नयाँ तस्विरहरूमा प्रियंका कालो र सेतो रफल गाउनमा देखिएकी छिन् । प्रियंकाको कालो बडीकन गाउनमा डीप नेकलाइनको साथ रफल डिजाइनले उनको लुकमा अझ सुन्दरता थपिरहेको छ। रफल डिजाइन एकदमै अलग छ जसले मानिसहरूको ध्यान तानिरहेको छ।

अभिनेत्रीले आफ्नो लुकलाई ग्लोइंग मेकअप लगाएर पूरा गरेकी छिन् । न्युड ब्राउन ग्लोसी लिपस्टिक, आइलाइनर, ब्लशरको साथ प्रियंकाले आफ्नो मेकअपमा अल्ट्रा ग्ल्याम टच दिएकी छिन्। ब्ल्याक एन्ड ह्वाइट रफल गाउनमा प्रियंका चोपडाको आकर्षक लुकको जताततै चर्चा भइरहेको छ । सामाजिक सञ्जालमा अभिनेत्रीका तस्बिरको चर्चा छ । अभिनेत्रीका तस्बिर धेरै फ्यान पेजमा शेयर भइरहेका छन् । अभिनेत्रीको नेकपिसले पनि फ्यानलाई निकै आकर्षित गरिरहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *