ओमानविरुद्ध नेपाल फिल्डिङमा

डिसी नेपाल
३१ जेठ २०७९ २२:०९

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदशीय शृंखलाका लागि संयुक्त राज्य अमेरिकामा रहेको नेपाली टिमले मंगलबार ओमानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

सा क्रिकेट मैदानमा ओमानका कप्तान जिसन मक्सुदले टस जितेर ब्याटिङको निर्णय गर्दै नेपालले बलिङको निम्तो दिएका हुन् ।

आजको खेलमा लागि नेपाली टिममा एक खेलाडी परिवर्तन भएको छ । सुसन भारीको स्थानमा आज सागर ढकालले मौका पाएका हुन् ।

यसअघि शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको थियो ।

आजको खेलसँगै ओमान विश्वकप क्रिकेट लिगमा सबै खेल खेल्ने पहिलो टिम बन्ने । नेपालले भने हालसम्म १४ खेल खेलेको छ ।

तालिकाको शीर्ष स्थानमा रहेको ओमानले ३५ खेलबाट ४४ अंक जोडेको छ । यस्तै, १४ खेलबाट १३ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ ।

शृंखलामा नेपालले असार एक गते घरेलु टिम अमेरिकाविरुद्ध अन्तिम खेल खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *