इटालीमाथि जर्मनको सहज जित – Dcnepal

इटालीमाथि जर्मनको सहज जित

काठमाडौं। यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा मा जर्मनीले इटालीलाई ५- अन्तरले पराजित गरेको छ ।

जर्मनको सहज जितमा टिमो वेर्नेरले दुई गोल गरे । यस्तै जासुवा किमिच, इल्के गुण्डोगान, थोमस मुलरले एक-एक गोल गरे ।

इटालीको लागि विल्फ्रिड जिनोन्टो र एलेसान्द्रो बास्टोनीले सान्त्वना गोल गरे ।

जितसँगै जर्मनी समूह ए ३ मा ६ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । इटाली ५ अंक जोडेर तेस्रो स्थानमा छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो