यु-१२ टेनिसः नेपाल छनोट हुन सकेन

डिसी नेपाल
३ असार २०७९ ६:२२

काठमाडौं। नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता ९रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया० बाट छनोट हुन असफल भएको छ । काजाकिस्तानमा हुने फाइनल प्रतियोगिताका लागि नेपालीको ब्वाइज÷गल्र्स दुवै टोली छनोट हुन असफल भएको हो ।

प्रतियोगिताको पाँचौं संस्करण शुक्रबार सम्पन्न हुँदैछ । यसबीचमा नेपाल दुईपटक छनोट हुन सकेन । चालू संस्करणसहित नेपाल सन् २०२१ मा पाकिस्तान भएको चौथो संस्करणमा छनोट भएको थिएन ।

नेपालमा सन् २०१७ मा भएको पहिलो संस्करणमा ब्वाइज टिम छनोट भएको थियो । २०१८ मा नेपालमै भएको दोश्रो संस्करणमा ब्वाइज÷गल्र्स दवै टिमले छनोट चरण पार गरेका थिए । २०१९ मा बंगलादेशमा भएको तेश्रो संस्करणमा ब्वाइज टिम छनोट हुन सफल भएको थियो । २०२१ मा कोभिड– १९ का कारण प्रतियोगिता भएन ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगितामा शुक्रबार नेपाली ब्वाइज÷गल्र्स दुवै टोलीले हारको शृंखलामा ब्रेक लगाएका छन् ।
नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइजमा नेपालले माल्दिभ्सलाई ३–० ले पराजित ग¥यो ।

सिंगल्समा असभसम्राट हाडाले सलामलाई ६–० र ६–० तथा वृजेश आर्यलले नियाजलाई ६–० र ६–२ को सोझो सेटमा पराजित गरे । डबल्समा वृजेश र आद्रित नेपालको जोडीले कलिम र नियाजको जोडीलाई ६–४ र ६–१ को सीधा सेटमा हराए । यसअघि नेपाल लगातार दुई खेलमा चुकेको थियो ।

गल्र्समा लगातार तीन खेलमा हार सामना गरेको नेपालले चौथो खेलमा भुटानमाथि ३–० को जित रच्यो । सिंगल्समा कर्मिस्था नुगाह श्रेष्ठले छिरिङ तथा शिभाली गुरुङले वाङमोलाई पाखा लगाए । डबल्समा प्राज्ना मानन्धर र कर्मिस्थाको जोडीले छिरिङ र वाङमोको जोडीलाई पन्छाए । तीनै स्पर्धामा सहज जित निकालेको नेपाल समान ६–० र ६–० ले विजयी रह्यो ।

प्रतियोगिताको ब्वाइजमा भारत र पाकिस्तान फाइनलमा प्रवेश गरेका छन् । गल्र्सको राउन्ड रोविन लिगमा पहिलो हुँदै भारत र दोश्रो बन्दै श्रीलंका फाइनलमा पुगे । चारै टोली फाइनल प्रतियोगिताका लागि छनोट भए । ब्वाइज÷गल्र्स दुवैमा पहिलो र दोश्रो हुने टोली छनोट हुने प्रावधान छ । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *