सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

डिसी नेपाल
४ असार २०७९ १२:०९

चितवन।सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ चारकिलोमा दिउँसो करिब ११ः३५ बजेको समयमा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।

बाटो खुलाउनका लागि सडक डिभिजनसँगको समन्वयमा इलाका प्रहरी कार्यालय मुग्लिनको नेतृत्वमा प्रहरी टोली खटिएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *