ख्वप किंग्स फुटबल एकेडेमीलाई इको प्यानलको सहयोग

डिसी नेपाल
४ असार २०७९ १४:३७

भक्तपुर। ख्वप किंग्स फुटबल एकेडेमीलाई नेपाल इको प्यालले सहयोग गरेको छ । इको प्यानलले प्रशिक्षणका लागि चाहिने खेलकुद सामग्री तथा प्रतियोगिताहरूमा सहभागी हुन लाग्ने खर्च सहयोग गर्दै प्रतिबद्धता जनाएको हो ।

ख्वप किंग्स एकेडेमीले तीन वर्षदेखि भक्तपुरको सहिद स्मृति खेलमैदानमा ६ देखि १३ वर्षसम्मका स–साना बाबुनानीलाई साताको दुई पटक शनिबार र मंगलबार बिहान नियमित रुपमा फुटबल प्रशिक्षण गराउँदै आएको छ ।

एकेडेमीले हालसालै बाँसबारी क्लबद्वारा आयोजित काठमाडौं उपत्यकाव्यापी अन्डर–१३ उमेर समूहको फुटबल प्रतियोगितमा प्रथम स्थान हासिल गरेको थियो । दुई महिना अगाडि गोरखामा भएको अन्डर–१३ सेभेन ए साइड राष्ट«व्यापी फुटबल प्रतियोगितामा पनि ख्वप किंग्स सहभागी भएको थियो ।

ख्वप किंग्सका निर्देशक तथा प्रशिक्षक धनेश्वर प्रजापति मनांङ मस्र्याङ्दी एक डिभिजन फुटबल क्लब, आरसी–३२ फुटबल एकेडेमी सी डिभिजन क्लबमा प्रशिक्षकका रुपमा अनुभबी हुन् । उनी एएफसी बी लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *