नारायणगढ-मुग्लिन सडकको चार किलोमा पहिरो खस्दा तीन मोटरसाइकलमा क्षति, तीन जना घाइते

डिसी नेपाल
४ असार २०७९ १८:४३

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित चार किलोमा पहिरो खस्दा तीन जना घाइते भएका छन् ।

शनिबार बेलुकी ५ः४० मा पहिरो पन्छाएर बाटो सुलाइएकोमा पुनस् पहिरो खसेर तीन मोटरसाइकलमा क्षति पुग्नुका साथै तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । नारायणगढ मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका-६ स्थित चार किलोमा बिहान साढे ११ बजे खसेको पहिरो बेलुकी ५स्४० बजे पन्छाएर बाटो खुलाइएको थियो । पहिरो खसेसँगै पुनः सडक अवरुद्ध बनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *