मनसुन अझै देशभर फैलन सकेन, पूर्वी नेपालमा केन्द्रित
काठमाडौं। नेपालमा यो पटक औसतभन्दा एक साता अघि नै मनसुन भित्रिए पनि अझै देशभर फैलन सकेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मात्र छ।
बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ।
मनसुनी वायु गण्डकीभन्दा पश्चिम प्रवेश गर्न नसक्दा ती क्षेत्रमा अझै बर्खे झरी पर्न सकेको छैन। पूर्वी र मध्य नेपालमा भने नियमितजसो वर्षा हुने गरेको छ।
आइतबार बिहान पनि बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षा भएको छ।
दिउँसो प्रदेश १, मधेश, बागमती, लुम्बिनी र गण्डकीका केही स्थानमा वर्षाको आकलन गरिएको छ। बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ।
वर्षाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम आँकलन गरिएको छ भने तराई एवं चुरेका नदी नाला, खहरे खोलामा पानीको सतह बढ्न सक्ने ठानिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment