जन्ती बोकेको जीप दुर्घटना, ६ जना घाइते
सल्यान। सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा भे १ ज १०२१ नम्बरको जीप शनिबार राति दुर्घटनामा परेको हो।
दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका ४ देउलीका मोतिलाल बुढा, मन बुढा, सहदेव बुढा, चित्रबहादुर बुढा, हरिमाया बुढाथोकी र गोपाल बुढा घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काका अनुसार घाइते सबैको सल्लीबजारमा उपचार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment