पोल्याण्ड पठाउँछु भन्दै २० लाख ठगी गरेको अभियोगमा मुद्दा दायर

डिसी नेपाल
५ असार २०७९ ९:२४

काठमाडौँ। रोजगारका लागि पोल्याण्ड पठाइदिने भन्दै एक व्यक्तिबाट २० लाख १० हजार ठगेको अभियोगमा वैदेशिक रोजगार विभागले एक जना व्यक्ति उपर मुद्दा दायर गरेको छ। विभागले सप्तरी घर भई अहिले काठमाडौं सुकेधारा बस्ने पूर्णकुमार दाहाल उपर ठगी अभियोगमा वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको हो।

दाहालले पोल्याण्डमा कृषि काममा मासिक झण्डै १ लाख ८० हजार रुपैयाँ तलब हुने भनी दोलखाकी सरिता भुजेललाई २१ लाख रूपैयाँ खर्च लाग्ने भन्दै २० लाख १० हजार लिई वैदेशिक रोजगारमा नपठाएको विभागले बताएको छ । विभागले दाहालविरूद्ध ३० लाख रूपैयाँ भन्दा बढीको बिगो दाबी गरी वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको हो।

वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको ठगीको मुद्दामा पूर्ण दाहालले दोलखाकी भुजेललाई जम्मा खर्च २१ लाख लाग्ने र पोल्याण्डमा कृषिको काममा मासिक झण्डै १ लाख ८० हजार रुपैयाँ तलब हुने कागजसमेत गरेको विभागले बताएको छ ।

शुरूमा २१ लाख लाग्ने कागज गरेपनि २० लाख २० हजार रुपैयाँ ठगी गरेको विभागले दाबी गरेकोे छ । रकम लिएर लामो समयसम्म नपठाएपछि रकम फिर्ता र वैदेशिक रोजगार ऐन अनुसार क्षतिपूर्तिको माग गर्दै भुजेलले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *