टस जितेर नेपालकाे ब्याटिङ

डिसी नेपाल
५ असार २०७९ १४:४१
240
Shares

काठमाडाैं। तेस्रो टी–२० खेलमा युगान्डाविरुद्ध टस जितेर नेपालले ब्याटिङ गरिरहेकाे छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान रुविना क्षेत्रीले टस जितेर सुरुवाती ब्याटिङ गर्ने निर्णय गरेकी हुन्।

जारी खेलमा नेपालले १० ओभर खेल्दा दुई विकेट गुमाएर ३८ रन बनाएको छ। श्रृंखलामा युगान्डा लगातार तेस्रो खेल जित्ने योजनामा छ । यदि आइतबारको खेल जिते युगान्डाले श्रृंखला दुई खेलअघि नै आफ्नो नियन्त्रणमा राख्नेछ।

त्यसैले नेपाल आइतबारको खेल जित्दै श्रृंखलामा पुनरागमन गर्न चाहन्छ। पहिलो खेलमा युगान्डा १२ रन र दोस्रो खेलमा एक विकेटले विजयी भएको थियो। यसपछि दुई खेल हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *