राखेपका अवकास प्राप्त कर्मचारीको बिदाइ

डिसी नेपाल
५ असार २०७९ १७:५०

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागले आफू मातहत रहेका अवकास प्राप्त उपनिर्देशक, वरिष्ठ पशिक्षक तथा सहायक प्रशिक्षकलाई आइतबार एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ ।

विभागका निर्देशक अर्जुन विक, उपनिर्देशक हिमाल दाहाल, कार्यक्रम संयोजक राजेश्वरमान स्थापित र प्रशासकीय प्रमुख नवराज खड्कालगायतले मायाको चिनो, प्रशंसा पत्र, टिका तथा खादा लगादिएर अवकाश प्राप्त कर्मचारीको बिदाइ गरेका हुन् ।

विभागका अन्य वरिष्ठ प्रशिक्षक, प्रशिक्षक, सहायक प्रशिक्षक एवं कर्मचारीहरुले पनि अवकास प्राप्तहरुलाई टिका तथा खादा लगाएर बिदाइ गरे ।

विभागका निर्देशक विकले अवकास प्राप्त प्रशिक्षकहरूलाई सरकारी नियमका कारण उमेरहदले अवकास प्राप्त भएको भन्दै राज्यका लागि उनीहरूको विज्ञता र ज्ञानको अझै आवश्यकता रहेको बताए ।

अवकास प्राप्त गर्नेहरुमा उपनिर्देशक रजनी मैया जोशी (ब्याडमिन्टन), वरिष्ठ प्रशिक्षक टिका सेढाईं (एथलेटिक्स), वरिष्ठ प्रशिक्षक विष्णुकान्त अर्याल(फुल कन्ट्याक्ट कराँते), प्रशिक्षक उपेन्द्र थापा (एथलेटिक्स) र सहायक प्रशिक्षक राजेन्द्र कपाली (कराँते) छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *