पूर्वराष्ट्रिय टेनिस च्याम्पियन पाण्डेको नाममा जुनियर च्याम्पियनसिप हुने – Dcnepal

पूर्वराष्ट्रिय टेनिस च्याम्पियन पाण्डेको नाममा जुनियर च्याम्पियनसिप हुने

काठमाडौं । पूर्व राष्ट्रिय टेबल टेनिस च्याम्पियन कल्याणराज पाण्डेको नाममा प्रत्येक वर्षको भदौमा कल्याण पाण्डे राष्ट्रिय टेबलटेनिस जुनियर च्याम्पियनसिप आयोजना हुने भएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द वैद्य र कल्याणराजका छोरा कुशलराज पाण्डेबीच प्रतियोगिता सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार पाण्डेको परिवारले संघलाई ६ लाख दिनेछ । सो रकमबाट वार्षिक रुपमा आउने ७० हजार ब्याजबाट संघले प्रतियोगिता गराउनेछ । यदि संघले दुई वर्षसम्म प्रतियोगिता आयोजना नगरेमा सो रकम पाण्डेको परिवारलाई नै फिर्ता हुने संघका अध्यक्ष वैद्यले जानकारी दिए ।

पहिलो वर्ष ब्याज नआउने भएकाले पाण्डे परिवारले प्रतियोगिता सञ्चालनका लागि ७० हजार रुपैयाँ दिनेछन् । लामो समयदेखि बास्केटबलमा आवद्ध पाण्डेले टेबल टेनिसमा ‘केही गरौं’ भन्ने उद्देश्यले यो प्रतियोगिता लागि संघसँग सम्झौता गरेको जानकारी दिए ।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो