डडेल्धुरामा खोलाले बगाउँदा विद्यालयबाट फर्किएका एक बालकको मृत्यु
डडेल्धुरा। डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजन छन्।
पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट मंगलबार दिउँसो घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्ता जोशीले जानकारी दिए।
बगेको ठाउँबाट ५०र६० मिटिर तल निराजनको शव फेला गरेको उनले खोलाले बगाउँदा अन्य दुई विद्यार्थी घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँका अन्दाजी १५ वर्षीय रेशम साउँद र १४ वर्षीय गोपाल साउँद रहेका छन्। रेशम र गोपाल कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन् । रेशमको अवस्था गम्भीर रहेको प्रअ जोशीले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment