आयोजक हेमजा युनाइटेड शुभकामना गोल्डकपको फाइनलमा

डिसी नेपाल
९ असार २०७९ ६:१३

पोखरा। पोखरामा जारी छैटौं संस्करणको शुभकामना गोल्डकपमा खुमलटार युथ क्लबलाई हराउँदै आयोजक हेमजा युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएकाे पहिलो सेमिफाइनल खेलमा खुमलटारमाथि २-० गोल अन्तरले जीत निकाल्दै आयोजकले फाइनल यात्रा पक्का गरेको हो । हेमजाका लागि दुवै गोल कमल थापाले गरे ।

पहिलो हाफ बराबरीमा रोकिएपनि दोश्रो हाफमा हेमजाले लगातार २ गोल हान्यो । खेलको ५३ औं मिनेटमा हेम्जाका कमलले बायाँ एरियाबाट गरेको बललाई उत्कृष्ट प्रहार गरी गोलमा परिणत गरे। ६७ औं मिनेटमा कमलले ब्यक्तिगत दोश्रो गोल गर्दै जीत पक्का गराए ।

प्रतियोगिता अन्तरगत बिहिबार अफ्रिकी क्लब एभिनियर र चर्च ब्वाइज विच फाइनल प्रवेशका लागि अन्तिम खेल हुँदैछ । असार ४ गतेदेखी संचालन भएको प्रतियोगितामा ८ टिम सहभागी थिए । विजेताले ६ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *