कृत्तीसरा र मिलन चेस ओलम्पियाडमा

डिसी नेपाल
१० असार २०७९ १९:२८

काठमाडौं ।डाइनामिक चेस एकेडेमीकी कृत्तीसरा अधिकारी भारतमा आयोजना हुने ४४ औ चेस ओलम्पियाडमा छनोट भएकी छिन् ।

भारतमा आयोजना हुने प्रतियोगिताका लागि काठमाडौंमा जारी छनोट खेलमा कृत्तीसराले ६ चरणको समाप्तिमा ५ अंक जोडेकी छन् ।

महिला तर्फ अन्य तीन खेलाडीको टुंगो शनीबार हुने अन्तिम चरणको खेलबाट हुने छ । नेपालकी राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयताकी सुजना लोहनी यस अघि नै छनोट भइसकेकी छन् ।

कृत्तीसराले शुक्रबार विनीता कपाली र पुनम प्रसाईंलाई पराजित गरिन् । छनोट चरणमा बाँकी तिन स्थानमा अनीसा न्यौपाने, विनीता कपाली, शान्ति धिमाल, सिन्दीरा जोशी र खुस्बु थापा तीव्र प्रतिस्पर्धा छ ।

अनीसाको ४।५ अंक छ भने भने बिनिताको ४ अंक छ । शान्ति, सिन्दीरा र खुस्बुको ३।५ अंक छ । पूजा भण्डारीको ३ अंक छ ।
एक दिन अगाडीसम्म अग्रता लिएको अनिसाले शुक्रबार शान्तिसँग हारको सामना गरिन् भने सिन्दिरासँग बराबरी गरिन् । विनीताले छैटौँ चरणमा शान्तिलाई हराउँदै सम्भावनालाई बलियो बनाएकी हुन् ।

पुरुषतर्फ मिलन लामा छनोट भएका छन् । मिलनले पनि ६ चरणको समाप्तिमा ५ अंक बटुलेका छन् । पुरुष तर्फ अब दुई जनाको टुंगो शनीबार हुने अन्तिम चरणको खेलले टुंगो लगाउने छ ।

वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाईं र शीर्ष बरिएताका खेलाडी विवेक थीङ यस अघि नै छनोट भइसकेका छन् । रुपेस जयसवालको ३ दशमलव५ अंक छ । मिलनले शुक्रबार पाचौँ चरणमा सुरवीर लामासँग बराबरी गरे भने सातौँ चरणमा रुपेसलाई हराए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *