वर्ल्ड च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्दै गर्दा पौडीकी अन्तर्राष्ट्रिय खेलाडी बेहोस भएर पानीमा डुबिन्

डिसी नेपाल
११ असार २०७९ १४:३३

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरकी पौडीबाज वर्ल्ड च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्दै गर्दा सास फेर्न नसकेर बेहोस भएर स्विमिङ पुलको पिँधमा पुगिन् । यस क्रममा प्रशिक्षक एन्ड्रिया फुएन्टेसले केही गलत भएको महसुस गरिन्। उनले तुरुन्तै स्विमिङ पुलमा हाम फालेर अमेरिकी पौडीबाज अनिता अल्भारेजको ज्यान बचाइन् ।

अनिता अन्तर्राष्ट्रिय पौडी खेलाडी हुन् । उनी बुडापेस्ट (हंगेरी) मा आयोजना भइरहेको विश्व पौडी च्याम्पियनसिपमा सहभागी भएर प्तिस्पर्धा गर्दै थिइन् । त्यही क्रममा पौडी खेल्ने क्रममा उनी अचानक बेहोस भइन् ।

कोचले भनिन् ‘जब तपाइँ आफ्नो पौडी समाप्त गर्नुहुन्छ, तपाइँ सास फेर्न चाहानुहुन्छ किनभने तपाइँले लामो समयसम्म सास रोक्नुभएको हुन्छ। तर उनी (अनिता) तल जाँदै थिइन्। त्यसपछि मलाई केही गडबड भयो भन्ने लाग्यो ।’

यस्तो अवस्थामा उनी जतिसक्दो चाँडो पानी भित्र पसिन् र अनितालाई तानेर बाहिर निकालिन् । त्यसपछि उनले अनितालाई सास फेर्न र शान्त हुन भनिन् । यो घटनाका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । यो घटना जुन २२ मा बुडापेस्टको अल्फ्रेड हाजोस स्विमिङ कम्प्लेक्समा भएको थियो ।

अनिता दुई पटक ओलम्पियन हुन् । प्रशिक्षक एन्ड्रिया फुएन्टेसले भनिन्, ‘अनिताले सास फेर्न सकिरहेकी थिइनन् यो देखेर उनी डराएकी थिइन् । तर अहिले उनको स्वास्थ्य ठीक छ । डाक्टरहरूले अनिताको स्वास्थ्य परीक्षण पनि गरेका छन्, उनको सबै भाइटल (मुटुको गति, अक्सिजन, चिनीको मात्रा, रक्तचाप) सामान्य रहेको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *