सेतो लेस कोर्सेट र स्लिट मिनीस्कर्टमा जान्हवीको ग्ल्यामरस लुक्स्

डिसी नेपाल
१३ असार २०७९ ११:१८

काठमाडौं । भारतीय अभिनेत्री जान्हवी कपुर सामाजिक सञ्जालमा आफ्ना तस्विरलाई लिएर चर्चाको विषय बनिरहेकी छिन् । कहिले पारम्परिक पहिरनमा त कहिले पश्चिमी, हरेक पहिरनलाई राम्रोसँग प्रस्तुत गर्ने जान्हवीले हरेक पहिरनमा सूट गर्ने गर्छिन् । जान्हवीले सेतो वेस्टर्न ड्रेसमा आफ्नो स्टाइलले फ्यानलाई फेरि एकपटक प्रभावित पारेकी छिन् । जान्हवीले सेतो लेस कोर्सेट र थाई हाइ स्लिट मिनी स्कर्ट लगाएकी छिन्। उनले त्यस माथि खुला सेतो ब्लेजरले आफ्नो पहिरन पूरा गरेकी छिन् । उनले लेयर्ड नेकलेस र स्टोन जडित झुम्का लगाएकी छिन्। हल्का स्मोकी आँखा, निउड लिपस्टिक र बन आकारको हेयरस्टाइल बनाएकी छिन् ।

तस्बिरमा हेर्नुहोस्:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *