टेनिस: डकवर्थलाई पराजित गर्दै एन्डी दोस्रो चरणमा

डिसी नेपाल
१४ असार २०७९ ८:५९
36
Shares

काठमाडौं। अस्ट्रेलियाका जेम्स डकवर्थलाई पराजित गर्दै एन्डी मरे मंगलबार राति विम्बल्डनको दोस्रो चरणमा प्रवेश गरेका छन्। दुई पटकका विम्बल्डन विजेता मरेले डकवर्थमाथि ४-६,६-३,६-२,६-४ को जित निकाले।

सन् २०१७ पछि मरेको विम्बल्डनमा यो दोस्रो सहभागिता हो। गत संस्करणमा मरेले तेस्रो चरण सम्मको यात्रा तय गरेका थिए । उनले सन् २०१६ मा विम्बल्डन जितेका थिए।

मरेले बुधबार दोस्रो चरणमा अमेरिकन जोन इन्सको सामना गर्नेछन्। उनले जोनमाथि पछिल्लो आठ खेलमा लगातार जित निकालेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *