फुटबलर भरत र नवयुग अमेरिका प्रस्थान

डिसी नेपाल
१६ असार २०७९ ८:२१
636
Shares

काठमाडौं। विभागीय त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास र नवयुग श्रेष्ठ अमेरिकामा हुने “अमेरिका कन्भेन्सन (एनएसी)” फुटबल प्रतियोगिता खेल्न बिहिवार बिहान त्यसतर्फ प्रस्थान गरेका छन्।

राष्ट्रिय फुटबल टोलीका फरवार्ड समेत रहेका दुबै खेलाडी केही हप्ता अमेरिका रहने जनाइएको छ। पाचौं संस्करणको एनएसी प्रतियोगिता खेन दुबै खेलाडी त्यसतर्फ प्रस्थान गरेका हुन्।

भरत र नवयुग दुवैले आयोजकको लस एन्जलस (एलए) को टोलीबाट खेल्नेछन्।

हाल भरत राष्ट्रिय टोली बाहिर छन् । यस्तै, नवयुग श्रेष्ठ पछिल्लो एएफसी एसियन कप छनोटमा नेपाली टोलीको कप्तानी गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *