डिप्रोक्स लघुवित्तको १ लाख २८ हजार ८ सय १२ कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
१६ असार २०७९ ९:११

काठमाडौँ। डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले १ लाख २८ हजार ८ सय १२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। संस्थाले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो।

संस्थाको उक्त सेयरमा सर्बसाधारणले पनि आवेदन दिन पाउने छन्। यसअघि संस्थापक सेयरधनीहरुलाई यी सेयर खरिदका लागि राखिएको कुनै आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको संस्थाले जनाएको छ।

संस्थाले सेयरको न्यूनतम मूल्य ५०८ रुपैयाँ प्रतिकित्ता निर्धारण गरेको छ। सो सेयरमा निवेदन दिने निवेदकले  ५०८ रुपैयाँ वा सो भन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन्। लगानिकर्ताले यस सेयरमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने छ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर के कति कित्ता सेयर खरिद गरी लिने हो सोको व्यहोरा खुलाई संस्थाको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *