जनउत्थान सामुदायिक लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा

डिसी नेपाल
१६ असार २०७९ १०:५३

काठमाडौं। जनउत्थान सामुदायिक लघुवित्तले २५ प्रतिशत बोनस सेयर सम्बन्धित् सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ। कम्पनीले २० पुससम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो।

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ।

जनउत्थानको गत ३० पुसमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि सहित १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *