एन्फा महासचिव राईसहित तीन सदस्यी टोली साफको कंग्रेसमा सहभागी हुने

डिसी नेपाल
१६ असार २०७९ ११:५४
20
Shares

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसहित तीन सदस्यीय टोली दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कंग्रेसमा सहभागी हुने भएकाे छ।

एन्फाका अनुसार साफको साधारणसभामा महासचिव राईसँगै केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठ र न्युरोड टिम एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशी बिहीबार बंगलादेशकाे राजधानी ढाका प्रस्थान गर्दैछन्।

६ असारमा सम्पन्न एन्फा निर्वाचनमा जोशी उपाध्यक्ष पदमा पराजित भएका थिए। पराजित भए पनि जोशीलाई साफ उपाध्यक्षमा नाम पठाउने एन्फाले निर्णय गरेको थियो।

यसअघि अघिल्लो कार्यसमितिले तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाको नाम उपाध्यक्षमा पठाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *