बंगलादेशको जलसेनाले १३५ भारतीय माझीहरूलाई हिरासतमा लियो

डिसी नेपाल
१६ असार २०७९ १२:४५

काठमाडौं । बंगलादेशको नौसेनाले अवैध रूपमा बंगलादेशको तटीय क्षेत्रमा प्रवेश गरेको आरोपमा १ सय ३५ भारतीय माझीहरूलाई पक्राउ गरेको छ । बङ्गालको खाडीबाट आएका आठ वटा माछा मार्ने ट्रेलर पनि नियन्त्रणमा लिएका छन् । जानकारीका अनुसार भारतीय माझीहरूलाई समुद्री गस्तीका क्रममा नौसेनाका कर्मचारीले नियन्त्रणमा लिएका थिए ।

बागेरहाट जिल्लाको पुलिस मिडिया सेलका अधिकारी एसएम अशरफुल आलमले नौसेनाका जहाज बानौजा प्रत्या र अली हैदर समुद्रमा गस्तीमा थिए, यस क्रममा पहिले चार ट्रेलरसहित ६८ भारतीय माझीहरूलाई हिरासतमा लिइएको बताए। यसपछि नौसेनाले थप ६७ जना माछा मार्नेलाई नियन्त्रणमा लिएको छ भने चार वटा ट्रेलर नियन्त्रणमा लिएको छ । माछा लगायत बरामद भएका सामानको बजार मूल्य ३ करोड ८० लाख रहेको अधिकारीले बताए ।

अर्कोतर्फ नौसेनाले चार ट्रेलरसहित ६ जना माछा मार्नेलाई बुझाएको मोङ्ला प्रहरी चौकीका इन्चार्ज मोहम्मद मोनिरुल इस्लामले बताए । बंगलादेशको समुन्द्री क्षेत्रमा अवैध रूपमा प्रवेश गरी माछा मारेको आरोपमा उजुरी परेको छ । पक्राउ परेका भारतीय माझीहरुलाई बागेरहाटको मुख्य न्यायिक मजिस्ट्रेटको अदालतले जेल पठाएको छ ।

ती माछा मार्नेहरूलाई बागेरहाटको मोङ्ला प्रहरी चौकीमा बुझाइएको अन्तर-सेवा जनसम्पर्क निर्देशनालयले जनाएको छ। सूचना अनुसार सामुद्रिक माछाको प्रजनन मौसमलाई ध्यानमा राख्दै सरकारले मे २० देखि जुलाइ २३ सम्म ६५ दिनसम्म समुन्द्रमा माछा मार्न प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लागू गर्न नौसेनाका जहाजहरू र समुद्री गस्ती विमानहरू नियमित गस्तीमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *