जंगलमा मृत भेटिइन् पोर्नस्टार, निर्वस्त्र पारेर रूखमा बाँधिएको थियो शव

डिसी नेपाल
१६ असार २०७९ १४:०४

काठमाडौं । बेपत्ता भएकी एक जापानी वयस्क फिल्म स्टारको शव जंगलमा रुखमा बाँधिएको अवस्थामा फेला परेको छ । यस घटनामा हिरोयुकी साम्पेई नामका एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

खासमा वयस्क फिल्मस्टारको शव भेटिएको ठाउँबाट साम्पेइको भिलाको दूरी १ किलोमिटरभन्दा कम थियो। रुखमा बाँधिएको अवस्थामा महिलाको शव नग्न अवस्थामा फेला परेको थियो ।

वयस्क स्टार रिना अरानोको शव जुन १४ मा फेला परेको स्थानीय अधिकारीहरुले खुलासा गरेका छन् । यस घटनामा प्रहरीले भनेको छ, ‘रिनाको शव रुखमा बाँधिएको थियो, शरीरमा कपडा थिएन।’

जापान टाइम्सले रिपोर्ट गरेको छ कि अहिलेसम्मको अनुसन्धान अनुसार, रिना र साम्पेई जुन ५ मा इबाराकी प्रान्तको रेलवे स्टेशनमा भेटेका थिए। त्यसपछि दुवैले ट्वीटरमा निजी सन्देश पठाए ।

रिना जून ८ मा बेपत्ता भएको परिवारले जानकारी दिए । साम्पेईले रिनालाई हितचियोटास्थित आफ्नो भिलामा लगेको प्रहरीले जनाएको छ । प्रहरीले साम्पेईलाई अपहरण र बन्धक बनाएको आरोपमा पक्राउ गरेको छ ।

साम्पेईले रिना अरानोलाई भिलामा ल्याएको स्वीकार गरेको प्रहरीले जनाएको छ । तर, आफूले (रिनालाई) जबरजस्ती रोकेको कुरा अस्विकार गरेका छन् । रिनाको फोन साम्पेईको घर भित्रबाट भेटिएको छ । साम्पेइले भने रिना आफै गएको दावी गरेका छन् । उनको शरीरमा बाहिरी चोटपटक भने भेटिएको छैन । रीनाको पोष्टमार्टम रिपोर्टको बारेमा जानकारी भने आउन सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *