डोल्पामा असार मसान्तसम्म ३३ केभी प्रशारण लाइन पुग्ने

डिसी नेपाल
१६ असार २०७९ १५:२१

सुर्खेत। भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको डोल्पामा ३३ केभीए प्रशारण लाइन विद्युत पुर्याउनका लागि तीन ठाउँबाट काम सुरु भएको छ।

असार मसान्तसम्ममा त्रिपुराकोटस्थित सबस्टेसनमा विद्युत पुर्याएर अन्य पालिकामा विद्युत वितरण तीव्रता दिन काम भइरहेको विद्युत प्राधिकरण कर्णाली प्रदेशले जानकारी दिएको छ। रुकुम पश्चिमको गोतामकोट, जाजरकोट, रुकुम र डोल्पाको सीमाना त्रिवेणी र मध्यडोल्पाको त्रिपुराकोटबाट एकसाथ प्रशारण लाइन निर्माणा चलिरहेको छ।

डोल्पामा तत्काल विद्युत पुर्याउन जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले हरेक महिना प्रगति विवरण पेश गर्न र कामलाई तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिइरहेका छन्। बुधबार मात्रै पनि नेपाल विद्युत प्राधिकरण प्रदेशिक कार्यालयले ठूलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका र मुड्केचुला गाउँपालिका, जगदुल्ला गाउँपालिका र काइके गाउँपालिकामा त्रिपुराकोटस्थित सबस्टेसनबाट विद्युत लिन वाेलपत्र आह्वान गरेको छ।

त्रिपुरोकोट सवस्टेसनमा विद्युत पुग्न बित्तिकै पालिकामा विद्युत पुर्याउने भन्दै बोलपत्र आह्वान गरी कामलाई गति दिएको हो। दुई वर्षदेखि डोल्पामा विद्युत पुर्याउने भन्दै ठेक्का लागे पनि ढिलासुस्तीका कारण पूरा हुन सकेको थिएन। कामलाई तीव्रता दिन व्यवहारमुखी गति हुनुपर्ने मन्त्री सिंहले बताए। डोल्पा सदरमुकाममा भरपर्दो विद्युत नहुँदा त्यहाँका कार्यालयमा काम गर्न समस्या हुँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *