भारतमा एन्थ्रेक्स संक्रमण पुष्टि भएपछि त्रासको अवस्था

डिसी नेपाल
१६ असार २०७९ १६:३६

काठमाडौं । कोरोना महामारीको बीचमा अब भारतको केरलामा एन्थ्रेक्स संक्रमणको प्रकोप सुरु भएको छ । अथिरापिल्ली वन क्षेत्रमा एन्थ्रेक्सको संक्रमणका कारण पछिल्ला केही दिनमा धेरै जङ्गली बँदेल मरेका छन् । यो जानकारी प्रदेश सरकारले बुधबार दिएको हो ।

स्वास्थ्य मन्त्री वीणा जर्जले अथिरापिल्ली वन क्षेत्रमा जङ्गली बँदेलमा एन्थ्रेक्सको उपस्थिति पुष्टि भएको बताइन् । माटोमा प्राकृतिक रूपमा हुने ब्याक्टेरिया र घरेलु तथा वन्यजन्तुको सम्पर्कमा आउँदा सामान्यतया असर गर्ने एन्थ्रेक्स रोगको फैलावट रोक्न स्वास्थ्य विभागले तत्काल कदम चालिरहेको छ।

जङ्गली बँदेलको शव निकाल्न र गाड्न गएका व्यक्तिको अनुगमन भइरहेको स्वास्थ्य विभागले जनाएको छ । उनीहरुको आवश्यक उपचार पनि भइरहेको छ । यदि यी व्यक्तिहरूमा एन्थ्रेक्सको संक्रमण भेटियो भने, यो अझै फैलिने सम्भावना हुन सक्छ।

जङ्गली बँदेललगायतका जीवजन्तु ठूलो संख्यामा मरिरहेको पाइएमा विशेष ख्याल गर्नुपर्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् । साथै त्यस्ता ठाउँमा नजान पनि सर्वसाधारणलाई आग्रह गरिएको छ । यसका साथै यस्ता कुनै घटना बाहिर आएमा अधिकारीलाई जानकारी गराउन सर्वसाधारणलाई भनिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *