हेर्नुहोस् शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१७ असार २०७९ ८:५२

काठमाडौं।  नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।  राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ०६ पैसा र बिक्री दर १२६ रुपैयाँ ६६ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ २८ पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ८४ पैसा र बिक्री दर १५३ रुपैयाँ ५६ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर १३१ रुपैयाँ ९८ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७० पैसा र बिक्री दर ८७ रुपैयाँ १२ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ०८ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ २४ पैसा र बिक्री दर ९ रुपैयाँ २९ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८२ पैसा र बिक्री दर १८ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ६० र बिक्री दर ३३ रुपैयाँ ७६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ४१ पैसा र बिक्री दर ३४ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७० पैसा र बिक्री दर ९ रुपैयाँ ७५ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *